शारीरिक सम्बन्ध राख्नु अघि प्रहरीलाई थाहा दिन एक युवकलाई बेलायती अदालतकाे आदेश

एजेन्सी। बेलायतको एक अदालतले ३९ वर्षीय युवक डीन डायरमाथि शारीरिक सम्बन्ध राख्नुभन्दा २४ घण्टाअघि प्रहरी र सम्बन्ध राख्ने महिलालाई जानकारी दिन आदेश दिएको छ। साथै अदालतले अत्यावश्यक कामबाहेक डायरलाई महिलासँग बोल्न पनि प्रतिबन्ध लगाएको छ।

डायरमाथि १४ वर्षीया बालिकासँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेको सहित अन्य सातवटा यौन अपराधको आरोप लागेकाले अदालतले यस्तो आदेश दिएको हो। एक पार्टीमा महिलालाई गलत तरिकाले छोएको र प्रतिकार गर्दा बलात्कार गर्ने धम्की दिएको आरोप पनि उनीमाथि लागेको छ। विभिन्न यौन अपराधका आरोप लागे पनि अहिलेसम्म कुनै पनि आरोप पुष्टि भएको छैन।

डेलिमेलको रिपोर्टअनुसार अदालतले युवकका विरुद्ध परेका विभिन्न आरोपहरू हेरेपछि उनलाई ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ थमाइदिएको छ। बेलायतमा ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ एक फौजदारी आदेश हो। दोषी सावित नभएको तर उक्त व्यक्तिबाट समाजलाई खतरा हुने सम्भावना रहेको अवस्थामा बेलायतमा यस्तो आदेशको प्रयोग गरिन्छ।

अन्य सम्बन्धित समाचार:  म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल