कटुवा पेस्तोलसहित एक जना पक्राउ

पाैने

काठमाडौं। काठमाडौं महानगरपालिका–२६ लैनचौर क्षेत्रबाट  कटुवा पेस्तोलसहित एक जनालाई सशस्त्र प्रहरी एपिएफले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाई पक्राउ परेका प्रहरी निरीक्षक सुमन शर्माले बताए।

थप अनुसन्धान गर्न एपीएफले उनलाई नेपाल प्रहरीसमक्ष बुझाएको जनाइएको छ।

 

अन्य सम्बन्धित समाचार:  एक किशोरले हातखुट्टा बाँधेर एकै गाउँका चार बालिकालाई बालात्कार गरे