आगामी निर्वाचनमा दाहाल नेपाल समूहको १० सिट पनि नआउने ओलीकाे ठोकुवा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल नेपाल समूहको १० सिट पनि नआउने ठोकुवा गरेका छन्। बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा दाहाल -नेपाल समूहले १० सिट पनि नजित्ने ठोकुवा गरेका हुन्।

प्रधानमन्त्री ओलीले दाहाल-नेपाल सफलताको बाटो तर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी पनि गरे। दाहाल नेपाललाई जनतालाई कहिल्यै माफ नगर्ने भन्दै प्रधानमन्त्री ओलीले वैशाख २७ सम्म पुग्दा उनीहरु बरफ पग्लिए जसरी पग्लिएर सकिने बताए।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको दाेहाेराएका छन्। विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टी एक ढिक्का बनाई अघि बढाउने दृढता व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन