काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को दक्षिण एसियाली प्लेअफअन्तर्गत पहिलो चरणमा श्रीलंका पुलिसको सामना गर्ने भएको छ ।
एएफसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाबाट प्लेअफ छनोटबाट अघि बढ्ने टोली समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । पहिलो चरणमा आर्मीले अप्रिल ७ तारिखमा श्रीलंका पुलिसको सामना गर्नेछ ।
समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । प्लेअफका छनोट भने ७ अप्रिलदेखि नै सुरु हुनेछन् । आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि मछिन्द्रको स्थानमा एएफसी कप खेल्न पाएको हो ।