प्रिमियर लिगः सेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई नमिठो झट्का लागेको छ । गएराति भएको लिगको पुछारमा रहेको सेफिल्ड युनाइटेडले म्यानुलाई २-१ गोलले पराजित गरेको छ ।

म्यानु आफ्नै घरेलु मैदानमा पराजित भएको हो । खेलको २३ औँ मिनेटमा किन ब्रायनले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर, खेलको ६४ औँ मिनेटमा म्यानुका ह्यारी मगइरीले बराबरी गोल फर्काए ।

खेलको ७४ औँ मिनेटमा ओलिभर वर्कले गोल गरेपछि सेफिल्डले जित हात पारेको हो । यो हारसँगै म्यानु शिर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । म्यानुको २० खेलमा ४१ अंक रहेको छ । सेफिल्डको ८ अंक रहेको छ ।

अन्य सम्बन्धित समाचार:  बी डिभिजन लिगः श्रीकुमारी र बाँसबारी विजयी