रुसका राष्ट्रपतिद्धारा युद्धको चेतावनी

क्षेत्रीय टकराव तीव्र बनिरहेका कारण अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था नै प्रभावित भइरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उल्लेख गरेका छन्।
विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को सप्ताहव्यापी डिजिटल ‘डाभोस एजेन्टा समिट’ मा बुधबार विशेष सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले जसबाट वैश्विक विकासको पतन र सबै देश एकअर्कासँग लड्न तयार रहनुपर्ने खतरा रहेको चेतावनी दिएका छन्।
बढ्दो सामाजिक विभाजन र साझा चुनौतीका सन्दर्भमा उनले वर्तमान चुनौती र १९३० को दसकको सुरुवाती वर्षको बीचको समानताका विषयमा पनि चेतावनीयुक्त अभिव्यक्ति दिए।

यस्तै परमाणु हतियारसम्बन्धी सम्झौता सही कदम भएको जिकिर गर्दै पुटिनले भने, ‘तर टकराव बढिरहेको छ र स्थिति अप्रत्याशित रूपमा अनियन्त्रित हुन सक्छ, यदि हामी हातमा हात राखेर बसिरह्यौं र केही गरेनौं भने।’

अन्य सम्बन्धित समाचार:  उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन