काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार दोश्रो सेमिफाइनलको खेल हुँदैछ। कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने हुने खेलमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।
आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ ।
बुधबारको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ ।