बिहीबारको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली हुने जनाएको छ। मैसमी बुलेटीन जारी गर्दै महाशाखाले अन्य क्षेत्रको मौसम अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ।

अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । बिहान तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ भने बाँकी भागमा मौसम सामान्यतय सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

अन्य सम्बन्धित समाचार:  गुडिरहेको मालवाहक ट्रकमा आगलागी