अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले जारी गर्‍यो एड्भाइजरी

अमेरिकी सुरक्षा निकायका प्रमुखहरुले आन्तरिक आतंकवादको जोखिम बढेको भन्दै एड्भाइजरी(चेतावनी) जारी गरेका छन्। गत नोभेम्बरमा भएको चुनावको नतिजामा बेखुस रहेकाहरुबाट आन्तरिक आतंकवादको जोखिम बढेको सुरक्षा निकायका प्रमुखले बताएका हुन्।

जनवरी ६ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवनमा गरेको हिंसात्मक आक्रमणले केही अतिवादीहरुको मनोबल बढाएको हुन सक्ने आन्तरिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको एड्भाइजरीमा सरकारी अधिकारी तथा निकायबाट भइरहेका कामप्रति विमत्ति राख्नेहरुबाट जोखिम रहेको उल्लेख छ ।

तर अहिलेसम्म आतंकवादी आक्रमणको कुनै पनि विशेष योजनाबारे जानकारी नरहेको सो एड्भाइजरीमा उल्लेख गरिएको छ ।

जनवरी ६ मा जो बाइडेनको जितलाई आधिकारिता प्रदान गर्नका लागि सदनको संयुक्त शत्र जारी रहेका बेला ट्रम्प समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी