क्यामरुनमा ट्यांकरसँग बस ठोक्किदा ५३ जनाको मृत्यु

क्यामरुनमा ट्यांकरसँग ठोक्किएर यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ। पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बस दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको इकोनोमिक टाइम्सले जनाएको छ ।
मृत्यु हुनेमा १० जना महिला र चार जना बालबालिका छन् ।

दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । क्यामरुनको मध्यम पश्चिममा पर्ने क्लिफ अफ डिस्चाङुमा दुर्घटना भएको समाचारमा उल्लेख छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा