बंगलादेशबाट अबको १५ दिनभित्र मल नेपाल आइपुग्ने

काठमाडौं। बंगलादेशबाट अबको १५ दिनभित्र ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने भएको छ। यसअघि नै सरकारले बंगलादेशबाट मल आयात गर्ने बताए पनि मल आउन ढिलाइ भएको हो।

केही महिनाअघि नै मल ल्याउनेबारे नेपाल र बंगलादेशका सरकारी अधिकारीबीच छलफल भएको भए पनि विभिन्न प्राविधिक कारणले मल ल्याउन ढिलाइ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए। अबको १५ दिनभित्र भने सबै मल आइसक्ने कार्कीले बताए।

यो वर्षका लागि किसानहरुलाई रासायनिक मल नपाउने समस्या नहुनेगरी प्रक्रिया अघि बढाइएको भन्दै सचिव कार्कीले अहिले मलको अभाव नरहेको बताए।

अन्य सम्बन्धित समाचार:  भारतीय कुखुरा तस्करीले बर्डफ्लुको जोखिम