प्रचण्ड-नेपाल समूहले बुटवलमा विरोध सभा गर्दै

नेकपा

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार बुटवलमा विरोध सभा गर्दैछ। नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको विरोध सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने छन्।

सभा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा दिउँसो १ बजे शुरु हुने कमिटीले जनाएको छ। सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, दक्षिण-पूर्वतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छ। सभामा करिब २० हजार कार्यकर्ताको सहभागीता रहने आयोजकको दावी छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमविरुद्ध प्रचण्ड-नेपाल समूहले निरन्तर विरोधसभा र प्रदर्शन गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  केपी ओली कुहिएको अण्डा हुन्: प्रचण्ड