करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु

काठमाडौं। करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु भएको छ। बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर सुन्दरहरैचा नगरपालिका– ९ का ३५ वर्षीय इलिहास मंसुरीको मृत्यु भएको छ।

करेन्ट लागेर घाइते भएका मंसुरीलाई उपचारको लागी विराट नर्सिङहोम विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले स्विच थिचेसँगै सुन्दरीजलमा झर्यो मेलम्चीको पानी