पुष ५ सम्म १८ वर्ष उमेर पुगेकाहरुले आगामी निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं। गत पुष ५ गतेसम्म १८ बर्ष उमेर पुगेकाहरुले वैशाखमा हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले पुस ५ गते आइतबारसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने निर्णय गरेको हो।

आयोगले आगामी वैशाख १७ र २७ गते दुई चरणमा तोकिएको मध्यावधि निर्वाचनका लागि बिहीबारदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्दैछ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्वको मुद्वाको सुनुवाई जारी रहेकै बेलामा आयोगले ७ सय ५३ वटै स्थानीय तहहरुमा नामावली अद्यावधिक सुरु गर्ने भएको हो।

निर्वाचन कार्यक्रमअन्र्तगत पहिलो दिन मतदाता नामावली प्रकाशित गर्ने तथा माघ १६ देखि १८ सम्म उजुरी आह्वान गरिनेछ।

अन्य सम्बन्धित समाचार:  महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ