सर्वोच्चमा दर्ता भएका ‘अवहेलना मुद्धा’ को आज सुनुवाइ हुँदै

विघटन मुद्दा

काठमाडौं। सर्वोच्च अदालतमा दर्ताभएका अवहेलना मुद्दाको सुनुवाइ आज हुँदैछ। पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपनि सर्वोच्चमा दर्जन बढी टिकटहरू विचाराधीन छन्।

त्यही बिचमा अदालतलाई प्रभाव पार्नेगरि अभिव्यक्ति दिएको भन्दै सर्वोच्चको अवहेलन सम्बन्धी मुद्दा दर्ता भएका थिए। ती मुद्दाहरूको सुनुवाइ पनि आजदेखि सुरु हुने भएको हो।

वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्यले माघ ११ मा प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाको रिट लिएर गएका थिए । सो रिटको काउन्टरमा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगाना बिरुद्ध रिट दायर भएका छन् ।

कुमार शर्माको रिट दर्ता गर्न आनाकानी गर्दै सर्वोच्च प्रशासनले दुई दिन होल्ड गरेको थियो । तर, पूर्व प्रधानन्यायाधीशहरुदमनकाविरुद्ध पनि रिट गएपछि मात्र बल्ल सर्वोच्चले सबै रिट दर्ता गरेर पेशीमा चढाउने सूचना निवेदकलाई दिएको हो ।

अधिवक्ता धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध रिट दर्ता गराएका छन् । पूर्व प्रधानन्यायाधीशविरुद्ध लोचन भट्टराईले पनि रिट हालेका छन् ।

अधिवक्ता राजाराम घिमिरेले पूर्व प्रतिनिधिसभाका सभामुख दमननाथ ढुंगाना बिरुद्ध रिट हालेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध रिट हालेका छन् ।

चार पूर्व प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको प्रेस विज्ञप्ती प्रकाशन गरेका थिए । प्रधानमन्त्री ओलीले चाहिँ विघटन मुद्दामा अदालतमा वकिलहरूले गफ फिटेको र अदालतमा बाजे वकिल लगेर ‘तमासा देखाएको’ भन्दै भाषण गरेका थिए ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले एक अन्तरक्रिया कार्यक्रममा ‘सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ’ भनेर बोलेका थिए । पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख ढुङ्गेलविरुद्ध बालुवाटारकै निर्देशमा रिट दायर गरिएको जानकारहरू बताउँछन् ।

अवहेलना विरुद्ध परेका सबै मुद्दामा बिहीबार पेशी राखिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा आइपुग्यो मेलम्चीको पानी, पानी हेर्नेहरूको भिड (फोटो फिचर)