सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो?

सुनको भाउ

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १ सय रुपैयाँले घटेको हो।

बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य पनि बुधबारको तुलनामा ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आज सेयर कारोबार नहुने