टी-१० लिग बिहीबारदेखि, नेपालका चार खेलाडी सम्मिलित

काठमाडौं। चौथो संस्करणको आबुधाबी टी-१० लिग क्रिकेट बिहीबारदेखि युएईमा सुरु हुँदैछ। यस पटक चार नेपाली खेलाडी टी-१० लिगमा रहेका छन्।

नेपालका तीन खेलाडी पहिलो पटक टी-१० लिगमा छनोट भएका हुन्। यस्तै गत सिजन खेलेका पारस खड्का यस पटक मेन्टरको रुपमा छन्। सोमपाल कामी मराठा अरेबियन, करण केसी पुने डेभिल्स र कुशल मल्ल टीम आबुधाबीमा समावेश छन्। यस्तै पारस खड्का टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन्।

लिगको उद्घाटन खेलमा सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले नर्दन वारियर्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ।

यस्तै राति ८ बजे करण केसी सम्मिलित पेनेल डेक्कन ग्लाडिएटर्ससँग खेल्नेछ। पुनेले इंग्ल्याण्डका डेभिड मालानलाई आइकन प्लेअरको रुपमा एक दिनअघि अनुबन्ध गरेको छ। यस्तै तेस्रो खेल बेंग्ला टाइगर्स र दिल्ली बुल्सबीच हुनेछ।

अन्य सम्बन्धित समाचार:  काठमाडौं मेयर कपः एपीएफ र पुलिस भिड्दै