के श्रद्धा कपूर र नेपाली मूलका रोहन श्रेष्ठको जोडी कस्सिएला ?

एजेन्सी। श्रद्धा कपूर र रोहन श्रेष्ठको जोडीको चर्चा अहिले बलिउडमा चलेकाे छ। नेपाली मूलका बलिउड सेलिब्रेटी रोहन श्रेष्ठ फोटोग्राफरका रुपमा काम गर्दै आएका छन्। श्रद्धा र रोहन बीचको प्रेम सम्बन्धलाई लिएर विभिन्न खवर पनि आउने गरेका छन्।

यी आधारहरूलाई हेर्दा  पनि दुवैबीच प्रेम रहेकाे चर्चा चल्ने गरेकाे छ। दुवैलाई थुप्रै पटक सँगै पनि देखिएको छ। तर यस कुरालाई केहीसमय अघिमात्रै विवाह बन्धनमा बाँधिएका वरुण धवनको विवाहले थप प्रष्ट पार्ने अवसर मिलेकाे छ।

वरुणकाे विवाह पछि बधाई दिदैं ईन्ष्टामा राेहनले लेखे, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई। भीडी तिमी असाध्यै भाग्यमानी छौ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ।’

त्यसपछि नै भारतीय मिडियामा रोहन र श्रद्धाको विवाह हुन लागेको हो कि भन्ने अनुमान गर्न थालिएको हाे। यद्यपि, उनीहरूले यो सम्बन्धबारे खुलेर केही आधिकारिक बयान भने दिएका छैनन्।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने