अवैध सुन र १७ लाख भन्दा बढी रकमसहित एक पक्राउ

पाैने

डोटी। जिल्ला प्रहरी कार्यालय डोटीले अवैध सुन र १७ लाख भन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। केआइसिंह गाउँपालिका–६ सलेनामा छोराले भारतबाट चोरी गरी ल्याएको सुन र नगद घरमा लुकाएर राख्ने काली भुललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जनाए। 

प्रहरीका अनुसार उनको घरमा खानतलासी गरी एक किलो १०० ग्राम सुन तथा १७ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएको हो। भुललाई पनि पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक जोशीले बताए।

निरीक्षक जोशीका अनुसार सुन र रकम ल्याउने व्यक्ति फरार भएका छन्।  सुन अन्य व्यक्तिले पनि बाँडेर लगेको भन्ने खबर पाएको र संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  महिला, किशोरीलाई आत्मसुरक्षा तालीम