राष्ट्रिय अनुसन्धानका कर्मचारी हत्या आराेपीत चाँगुनारायणबाट समातिए

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सूचक प्रवीण थापामगरको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मगरको हत्यामा संलग्न भएको आरोपमा बाँकेको नेपालगञ्ज–६ फुल्टेक्राका १८ वर्षीय विवेक परियारलाई पक्राउ गरेको सिआइबीका एसपी गंगा पन्तले बताइन्।

गुप्तरचको नेपालगञ्जस्थित कार्यलयमा कार्यरत मगरको माघ २ गते  हत्या भएको थियो। माघ २ गते नेपालगञ्ज-१८ स्थित खेतबारीमा टाउको र अनुहारमा चोट लागेको अवस्थामा मगर मृत फेला परेका थिए।

घटनामा संलग्न रहेका परियार हत्या पश्चात् फरार भई भक्तपुर चाँगुनारायण–९ ताथली आई लुकेर बसेको अवस्थामा सिआइबीले बुधबार पक्राउ गरेको हो।परियारलाई बाँके पठाउन लागिएको सिआइबीले जनाएको छ।