भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड भन्दा बढी

काठमाडाैं

काठमाडौं। भारतमा कोरोना  सङ्क्रमितको संख्या एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ संक्रमित थपिए पछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३ पुगेको हो।

हाल भने भारतमा एक लाख ७३ हजार ७४० सक्रिय कोरोना संक्रमित रहेका जनाइएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार एकै दिनमा मात्र सात लाख २५ हजार ६५३ जनाको कोरोना परीक्षण गरेको छ भने बुधबारसम्म देशभर १९ करोड ४३ लाख ३८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  भक्तपुरले तोक्यो ४२ खोप केन्द्र: ५३ हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने