विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने अभियान’ सुरु

काठमाडौं। नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ। बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेपालीको जीवनस्तर रूपान्तरण गर्ने गरी गरिखाने अभियानको घोषणा गरिएको हो।

गरिखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउने कांग्रेसले जनाएको छ। जस अन्तर्गत बिहीबार प्रदेश २ को वीरगञ्जमा पहिलो छलफल भएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै उद्योगी चौधरीले कांग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पङ्क्तिमा रहेकाहरूलाई अभियानमा समेट्ने बताए। चौधरीले सरकारले विभिन्न किसिमका योजना घोषणा गरेपनि कार्यान्वयन नभएको गुनासो गरे।उनले भने, ‘पूँजीको कुनै अभाव छैन, विना धितो प्रमाणपत्रको आधारमा ऋण उपलब्ध छ भन्ने उद्घोष दिनदिनै सुनेका छौं। तर कतिले रोजगारी पाए त? कति उद्यम खडा भए त? नवप्रवर्तन उद्यमी कति खडा भए त? भन्ने गम्भीर प्रश्न पनि उभिएको छ।’ 

चौधरीले कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरिखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने बताएका छन्।

 

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बचाउन माग गर्दै रिट निवेदन