‘प्रचण्ड’ र माधवकुमार नेपाललाई दशा लाग्याे: प्रधानमन्त्री ओली

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई दशा लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

बिहीबार काठमाडाैंमा आफू निकट जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले प्रचण्ड अधीर रहेको टिप्पणी गरे। कार्यक्रममा बोल्दै उनले प्रचण्डले निर्वाचन जित्न कठिन रहेको समेत उद्घाेष गरे।

उनले भने, “हेर दशा लागेको, अब उहाँहरूले चुनाव जित्नुहुन्छ ? २०७४ मा हामीले चुनाव जिताएका थियौँ, चितवनबाट। त्योभन्दा अगाडि बत्ती निभाएर बाकस साटेर चुनाव जिताइएको थियो,” उनले भने।

उनले प्रचण्डको प्रवृत्ति ‘फ्लोटिङ’ हुने रहेको पनि औँल्याए। “कहिले रोल्पाबाट, कहिले कताबाट, कहिले चितवनबाट चुनाव लड्नहुन्छ! अब कताबाट हो ?,” उनको प्रश्न थियाे।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुहद्वारा सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन