कार्यक्रममा स्वागत गर्दा माला र खादा लगाइदिने काम बन्द गरौंः शेखर कोइराला

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै तहका कार्यक्रममा स्वागत स्वरूप खादा लगाइदिने र फूल दिने काम बन्द गर्न आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले कोभिडको उच्च जोखिमका बेला पनि पार्टीका गतिविधि सञ्चालन गर्दा सावधानी अपनाउनु पर्ने भन्दै उनले माला एवं खादा लगाइदिने र फूल दिने काम बन्द गर्न भनेका हुन्।

कोरोना भाइरसको उच्च जोखिममा रहेकाले पार्टीका गतिविधि सञ्चालन गर्दा सावधानी अपनाउन आग्रह गर्दै उनले अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।

‘हामी अझै पनि कोभिडको उच्च जोखिममा छौं। जोखिमकै बीचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरू गर्नुपर्ने अवस्था छ,’ उनले लेखेका छन्, ‘कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउन तथा स्वागत स्वरूप माला एवं खादा लगाइदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरूमा आग्रह गर्दछु।’

अन्य सम्बन्धित समाचार:  सांसदहरुलाई प्रचण्ड–माधव पक्षले छलफलका लागि बोलायो