प्रचण्ड जनयुद्धका बेला जुल्फीमा जेल लगाएर दिल्ली बसेका हुनः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) जनयुद्धका बेला जुल्फीमा जेल लगाएर भारतमा लुकेर बसेको आरोप लगाएका छन्। ट्रेड युनियन महासङ्घको भेलामा बोल्दै उनले जनयुद्धका समयमा प्रचण्ड जेल वाला तेलले कपाल कोरेर भारतमा बसेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले भने, प्रचण्डको अब जाने ठाउँ कतै  छैन। प्रचण्ड भनेको फ्लटिङ जस्तो कहिले रोल्पा जानु भयो, सिराहा जानुभयो त्यसपछि अब जाने ठाउँ कतै छैन। उहाँ हिजो जङ्गलमा बस्नु भएको होइन दिल्ली नोयडा बस्नुभयो। जङ्गलमा अरुलाई बसाउनु भयो। आफूहरू जेल वाला तेलले जुल्फी कोरेर दिल्ली बस्नु भयो।’

अहिलेसम्म एकपटक पनि सूर्य चिन्हमा भोट नहाल्ने प्रचण्डले अहिले सूर्य चिन्ह मागेर हिँडेको समेत उनले बताए। साथै उनले प्रचण्ड नेपालहरु बाहिरिए पछि सबैभन्दा अनुशासित पार्टी बनेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले बोलाए पदाधिकारी बैठक