पेस्तोल सहित सामाखुसीबाट एक जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका -२६ स्थित टिफिन रेष्टुरेन्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ घर भएका २८ वर्षीय कृष्ण चौलागाईँलाई १ थान कटुवा पेस्तोल र १ राउन्ड गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पद रुपङ्गँ हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

अन्य सम्बन्धित समाचार:  गोंगबु हत्या प्रकरणः अभियुक्त कल्पना मुडभारीलाई आजीवन जेल सजाय