प्रधानमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ। बिहीबार रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको हो।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।

९४ वर्षिय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रिट निवेदन दर्ता गराएका थिए।

अन्य सम्बन्धित समाचार:  बाटो बिराएकालाई फर्कन प्रचण्ड–माधव समुहको आग्रह