काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ।
पछिल्लो २४ घण्टामा २९६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ।