फरार दुई जना प्रतिवादी पक्राउ

सामूहिक

मकवानपुर। प्रहरीले फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा दुई महिना चार दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी भिमफेदी  गाउँपालिका–४ बस्ने ३२ वर्षीय नविन स्याङतान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्याङतानलाई कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको छ।  

साथै जिल्ला अदालत मकवानपुरको २०६८ कात्तिक ६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी मनहरी गाउँपालिका–४ बस्ने ४० वर्षीय लालचन्द्र प्रजा बुधवार पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रजालाई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ।