ओलीको निरंकुशताको अन्त्य गरेर देशलाई नयाँ युगतर्फ लैजान्छौँः प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निरङ्कुशताको छिट्टै अन्त्य गर्ने जानकारी दिएका छन्। बुटवलमा प्रचण्ड–माधव पक्षले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफैँले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा देशमा संकट आइपरेको जनाए।

ओलीको निरङ्कुशताको छिट्टै अन्त्य गरेर नयाँ युगतर्फ देशलाई लैजाने दाबी गर्दै प्रचण्डले भने, ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदै छौँ।’

साथै उनले अहिलेको राजनीतिलाई सही बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्याउने बताए। केपी ओलीको मात्र विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न उनले आग्रह गरे। 

अन्य सम्बन्धित समाचार:  सरकारमा जाने बिषयमा काँग्रेसमै दुईमत