छोरी बलात्कारको आरोपमा एक जना पक्राउ 

सामूहिक

धनुषा। आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा बस्ने एक जनालाई बिहीबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरिएको हो। उनले गत माघ १३ गते छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिईन्।

धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका उनलाई पक्राउ गरी काठमाडौं पठाइएको धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले बताएका छन्।