गुल्मीमा कोरोना भाइरस विरुद्धको खोप अभियान आजदेखि सुरु

गुल्मी। कोरोना भाइरस विरुद्धको खोप अभियान बिहीबारदेखि गुल्मीमा सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियान सुरु गरेकी हुन्।

स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्मालाई पहिलो खोप लगाएर खोप अभियान शुभारम्भ गरिएको हो। एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवकले दैनिक १ सय २५ जनासम्मलाई खोप लगाउने स्वास्थ्य प्रमुख शर्माले बताए।

अन्य सम्बन्धित समाचार:  बाँकेमा थप १० जना सङ्क्रमितको मृत्यु