पोखरामा पनि वृहत नागरिक आन्दोलन

पोखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा आगामी शनिबार पोखरामा पनि वृहत नागरिक आन्दोलन हुने भएको छ। साहित्यकार गनेश पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देललगायत १० जनाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ कार्यक्रमको घोषणा गरेको बताइएको छ।

हामी जति सहन्छौ उति नै हाम्रो स्वतन्त्रता खोसिदै गरेकाले अब सरकारको विरुद्धमा उठ्नु बाहेक अरु विकल्प नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। विद्यार्थी शिक्षक, लेखक, समाजसेवी एवं देश र संविधानको चिन्ता गर्ने हरेक नागरिकहरू प्रतिगमनविरुद्धको आन्दोलनको हिस्सा हुने  बताइएको छ।

उक्त कार्यक्रम चिप्लेढुङ्गाबाट दिउँसो ३ बजेदेखि शुरु भई महेन्द्रपुल भीमसेन दाहालको शालिक अगाडि पुगेर अन्त्य गर्ने जनाइएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली चिडियाखाना पुगे