“पार्टीमा शुद्धीकरण अभियान चलेको छ, कोही निराश हुनुपर्दैन”-प्रधानमन्त्री ओली

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए। नेपाल ट्रेड युनिययन महासंघ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले भने,”पार्टीमा शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनुपर्दैन,’ उनले भने, ‘आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ। सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो।’

ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन्। ओलीले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए।

अन्य सम्बन्धित समाचार:  महिलाले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छः पम्फा भुसाल