घर भत्काउने क्रममा एक जनाको मृत्यु

माेटरसाइकल

पोखरा। घर भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१५ पट्नेरीमा तारा थापा मगरको घर भत्काउने क्रममा  ब्लकको ढिस्कोले लाग्दा च्यापिएर ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार गम्भीर घाइते अवस्थामा उद्धार गरिएका आचार्यलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

अन्य सम्बन्धित समाचार:  चट्टयाङसहित वर्षाको सम्भावना, सतर्क हुन आग्रह