काठमाडौं। कोभिड–१९ खोप अभियान अन्तर्गत बिहीबार साँझसम्म लगभग २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ हजार ७ सय ३२ जनाले खोव लगाएकाे बताईएकाे छ।
मन्त्रालयका अुनसार प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, बागमतीमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार ८ सय ५३, लुम्बिनीमा २ हजार ३ सय ३, कर्णालीमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ।
अहिलेसम्म खोप लगाएकामध्ये अहिलेसम्म कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्य नदेखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पहिलो चरणमा कोरोनाभाइरस विरुद्धको लडाईंमा अग्रभागमा रहेर काम गरेका स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने संकलक तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने व्यक्ति, कैदी र जेलमा रहेका सुरक्षाकर्मीहरूलाई खोप लगाएको छ।