काठमाडौं। जिल्ला प्रहरी कार्यालय दाङले आफ्नै साडु दाई (श्रीमतीको भिनाजु)को कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ गरूवा बस्ने ३६ वर्षीय दिनेश सार्की रहेका छन्। उनलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दिनेशले सोमबार रोल्पा घर भएका ४३ वर्षीय साडु दाई मान बहादुर विकलाई कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।