टि१० लिग: करण सम्मिलित पुणेको विजयी सुरुवात

आबूधाबी टि१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पूणे डेभिल्सले विजयी सुरुवात गरेको छ ।
बिहिबार डेकन ग्ल्याडियटर्सलाई ७ विकेटले हराउँदै पुणेले विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्यायको पुणेले ९।२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुणेका किन्नर लुईस २८ बलमा ३ चौका र ६ छक्का सहित ५७ रनमा अविजित रहे । चाडविक वाल्टन १८ रनमा आउट भए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको डेकनले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाए । डेकनका तल्लोक्रममा ब्याटिङका लागि आएका आजम खान १३ बलमा १ चौका र ४ छक्का सहित ३७ रनमा अविजित रहे ।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपर लिगमा आजदेखि प्ले–अफ चरणका खेल हुँदै