युरोपमा भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगरियोस्: डब्ल्यूएचओ

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) युरोपेली शाखाले युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न निकै समय लाग्ने बताएको छ।

डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले डब्लूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये ३० देशमा गएको १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझै पनि यहाँको सङ्क्रमण दर धेरै रहेको बताएका छन्।

उनले भने, ‘कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण युरोपेली देशहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्न सक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ। त्यसैले सङ्क्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाइहाल्नु गलत हुन सक्छ ।’

यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसङ्ख्यामा यस पहिले सङ्क्रमण पुष्टि भइसकेको छ  महामारीका कारण यसअघि नराम्रोसँग प्रभावित भएका क्षेत्रहरूमा सङ्क्रमण फेरि फैलनसक्ने जोखिम कायम रहने उनले बताए । यस क्षेत्रका ३५ राज्यले खोप अभियान सुरु गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित