६ महिनामा १२ सय बढी घरेलु उद्योग दर्ता

चितवन। आर्थिक वर्ष ०७७/०७८ को ६ महिनामा घरेलु तथा साना उद्योग कार्यालय चितवनमा १ हजार २ सय ३१ वटा घरेलु उद्योग दर्ता भएका छन् । सबैभन्दा बढी ८ सय ९२ वटा कृषि तथा वनजन्य  र सबैभन्दा कम १ सय ९ उत्पादनमूलक उद्योग दर्ता भएका हुन् ।

यसैगरी सेवामूलक उद्योग १ सय १० वटा, पर्यटनमूलक उद्योग १ सय २० वटा दर्ता भएका छन् । यस आवमा कार्यालयमा ऊर्जामूलक उद्योग, खनिजजन्य, निर्माणमूलक र सूचना प्रविधिका उद्योग भने दर्ता भएका छैनन् ।

अन्य सम्बन्धित समाचार:  विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी