इंग्लिस प्रिमियर लिगः टोटेनहम पराजित, लिभरपुल लयमा फर्कियो

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले टोटेनहमलाई हराएको छ। यो संगै लिभरपुल आफ्नो लयमा फर्किएको छ। नयाँ बर्ष लागेदेखि कुनै टिममाथि पनि जित हात पार्न नसकेको लिभरपुलले बिहीबार रातीको खेलमा टोटेनहमलाई हराएको हो।

टोटेनहमलाई उसकै मैदानमा ३(१ गोलले हराउँदै लिभरपुलले प्रभावशाली जित हात पारेको हो। लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, अलेक्जेन्डर अर्नान्डो र साडियो मानेले गोल गरे । टोटेनहमका पिर्रे एमली होजजर्गले एक गोल फर्काए।

जितसँगै लिभपुरल २० खेलबाट ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ। सिटीले एक खेल कम खेलेको छ। १९ खेलबाट ३३ अंक जोडेको टोटेनहम छैटौ स्थानमा छ।

अन्य सम्बन्धित समाचार:  उपाधि होडमा बार्सिलोनालाई गम्भीर धक्का