खड्ग प्रसाद ओली सेटिङ् र फिक्सिङ्मा तल्लिन छन्

कपिलवस्तु। मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्ग प्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफू मात्र नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित प्रतिगमन विरुद्धको सभामा बाेल्दै पहाडीले केपी ओलीले राज्य संयन्त्रका सबै निकाय सेटिङ गरेर कब्जा गरेको बताए ।

त्यस्तै विदेशी शक्तिसँग भेटघाट गरी जताततै मिल्ने वा अरु देशको चाहना पुरा गराउन लागेको समेत उनले आरोप लगाए । त्यस्तै आफु लगातार प्रधानमन्त्री बन्नको लागि संसद् विघटन गरि लामो समयसम्म प्रधानमन्त्री बन्न फिक्सिङ् गरेको समेत पहाडीले बताएका छन् ।

पहाडीले दल र नेता प्रति जनताको वितृष्णा बढेको भन्दै नेता तथा दल सुधारिएर लोकतन्त्र बचाउन र सविधानको रक्षा गर्न लाग्नु पर्ने बताए । साथै उनले निर्वाचन नहुने तथा संसद् पनि पुन स्थापना हुन नसकेमा देशमा अराजकता र दुर्घटना हुन सक्ने बताएका छन् ।

खड्क प्रसादजी ले जता जहाँ गए अनावश्यक वोलदै हिडेको कारण ,जात,धर्म, संघीयता जस्ता पक्षमा आन्दोलन हुन सक्ने र अशान्ति हुन सक्ने भन्दै सबै जनतालाई लोकतन्त्र बचाउन र खड्ग प्रसाद ओलीको अंसवैधानिक कदम प्रति नागरिक सचेत भएर आन्दोलनमा उत्रन समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल बार एशोसियसन कपिलवस्तुको अध्यक्ष हुम बहादुर कुँवरले सबिंधानमा ब्यवस्था न भएको धारा प्रयोग गरि संसद् बिघटन गैर कानुनी भएको बताए । कार्यक्रममा लोक कवि अर्जुन पराजुलीले कबिताको माध्यममा नेपाल भष्ट्राचार, अस्थिरता, गैर कानुनी काम तथा अपराध बढेको बताए ।

कार्यक्रममा कांग्रेस नेता दिपकुमार उपाध्याय, राजपाका रविन्द मिश्र, मान अधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडाशैनी, उपाध्यक्ष गोविन्द खनाल, वार एसोसियनका जिल्ला अध्यक्ष हुमबहादुर कुवंर , पत्रकार शम्भु शैनी ,प्राध्यापक संघका नवराज तिवारी, पशुपतिमणि त्रिपाठी , माया ज्ञवाली, बसन्त बन्जाडे , रामदयाल ठाकुर लगायत बोलेका थिए ।

अन्य सम्बन्धित समाचार:  प्रेस पासको दुरुपयोग भए कारवाही