नेकपाका दुबै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकप)का ओली पक्ष र प्रचण्ड–नेपाल पक्षसंग छलफल गर्दैछ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५र५ जनालाई बोलाइएको जानकारी दिए ।

बिहीबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको थियो। आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउा लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उनको भनाइ छ । आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  सदूरपश्चिममा अक्सिजनको हाहाकार