राष्ट्रिय महिला लिगः आर्मी र चन्द्रपुर नगरपालिका ​खेल्दै

काठमाडौं। राष्ट्रिय महिला लिग फुटबल अन्तरगत आज एक खेल हुँदैछ।

दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका ​खेल्दै छन् ।
आज चन्द्रपुर नगरपालिकालाई हराउँदै आर्मी लिगमा दोस्रो जित निकाल्न चाहन्छ ।

३ खेलमा ४ अङ्क जोडेको आर्मी अङ्क तालिकामा पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर ३ अङ्क जोडेर लिगको छैठौं स्थानमा छ ।

अन्य सम्बन्धित समाचार:  इङ्लिस प्रिमियर लिग: प्रशारण अधिकार ७ अर्बमा नवीकरण