एफडीआईमा अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थानमा

काठमाडौं। एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) मा चीन संसारको शीर्ष मुलुक बनेको छ। संयुक्त राष्ट्र संघको ताजा आँकडाअनुसार त्यस्तो लगानी हुने देशमा चीनले अमेरिकालाई उछिनेर शीर्षमा पुगेको देखाएको हो। संयुक्त राष्ट्र संघले उक्त आँकडा जारी गरेको हो।

यसअघि अमेरिका एफडीआईको सन्दर्भमा शीर्ष देश थियो। तर, गत वर्ष अमेरिकामा विदेशी कम्पनीहरूको एफडीआई लगभग आधा घट्यो। यही कारण पनि चीनमा एफडीआई अधिक बन्न पुग्यो र त्यस्तो लगानी हुनेमा नम्बर एक देश बन्न सफल भयो।

चिनियाँ कम्पनीहरूमा एफडीआई चार प्रतिशत बढेको देखिएको छ। यसले पछिल्लो समय विश्व आर्थिक मञ्चमा चीनको प्रभाव लगातार बढिरहेको स्पष्ट हुन्छ।

संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी) ले आफ्नो रिपोर्टमा पछिल्लो वर्ष एक सय ६३ अर्ब डलर एफडीआई चीनमा भएको उल्लेख गरेको छ। अमेरिकामा यस्तो लगानी एक सय ३४ अर्ब डलर रहेको छ।

२०१९ मा अमेरिकामा एफडीआई दुई सय ५१ अर्ब डलर थियो, त्यसबेला चीन निकै पछि परेको थियो। चीनमा एक सय ४० अर्ब डलरमात्र एफडीआई भएको थियो।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोनाबाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी