बैतडी: दशरथचन्द नगरपालिकामा सार्वजनिक विदा

बैतडी। बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ। शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिइएको हो।

शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले आज सुन्दरखालीबाट ¥यालीसहित शहीद चन्दको घरमा पुगेर श्रद्धाञ्जलीसभा आयोजना गर्दैछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दका अनुसार नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय आज बन्द रहेका छन्।

जहानियाँ राणा शासनको विरुद्ध लागेको भन्दै तत्कालीन शासकले दशरथ चन्दलाई १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेका थिए।

अन्य सम्बन्धित समाचार:  कैलालीमा ८ जना कोरोना संक्रमितको मृत्यु, ४३३ जनामा संक्रमण