नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाडँफाँड हुदैँ

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाडँफाँड हुँदैछ। बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न गरी नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेको हो।

निफ्राको आईपीओ १० देखि ५० कित्ता माग गर्नेलाई माग अनुसार नै पाउने भएका छन्। यसरी बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ६० कित्ता वा सोभन्दा बढी कित्ताका लागि माग गर्नेमध्येबाट गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँड हुने क्यापिटलले जनाएको छ।

यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन्। अन्य बाँकीले अधिकतम ५० कित्तासम्म शेयर पाउनेछन्। आईपीओमा आवेदन गरेका मध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य बनेको छ। आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्द भएको छ।

बैंकले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्कासन गरेको हो। कुल ८ करोड कित्ता शेयर निष्कासनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरूको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मङ्गलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खल्ला गरेको थियो।

अन्य सम्बन्धित समाचार:  नेप्से सामान्य अंकले घट्यो