प्रचण्ड–नेपाल समूहले विराटनगरमा विरोध सभा गर्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार विराटनगरमा विरोधसभा गर्दैछ। प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–नेपाल समूहले विराटनगरमा पनि विरोधसभा गर्न लागेको हो।

विराटनगरको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। विराटनगरपछि सो समूहले शनिबार धनगढीमा विरोधसभाको आयोजना गरेको छ।

यता काठमाडौंको माइतीघरमा पनि धर्ना जारी छ। बुधबारदेखि धर्ना सुरु गरेको प्रचण्ड–नेपाल समूहले माघ २१ गतेसम्मै निरन्तरता दिने यसअघि नै जनाएको छ।

उपत्यका बाहिरका मुख्य शहर विराटनगर, बुटवल र धनगढीमा प्रदर्शन गरेपछि काठमाडौंमा माघ २८ गते धेरै नेता कार्यकर्ता उतारेर हाल सम्मकै विशाल प्रदर्शन गर्ने तयारी गरेको छ।

अन्य सम्बन्धित समाचार:  राजीनामा दिने एमाले सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको वचन