नृत्यको माध्यमबाट उत्प्रेरणा अभियान

बाँके। कोरोनाको महामारीको कारण आम मानिसमा परेको मानसिक असरलाई नृत्य र उत्प्रेरणाको माध्यमबाट कम गर्ने गर्ने उद्देश्यले सुर्खेत र दैलेखमा सम्पन्न गरिएको छ ।

ब्लाईन्ड रक्स तथा मिडिया मोभिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट नेपाल नामक संस्थाले संयुक्त रुपमा सञ्चालन गरेको यस कार्यक्रम नेपालभर पुर्याउने लक्ष्य रहेको आयोजकले बताएका छन् । मोटिभेसनल स्पिकरको रुपमा अन्तराष्ट्रिय रुपमा परिचित दृष्टिविहीन सृष्टि केसीलाई प्रत्यक्ष रुपमा भेटेर उनीबाटै उत्प्रेरणा लिन पाउदा कार्यक्रममा सहभागि सबै अत्यन्तै हर्षित देखिन्थे । 

पहिलो चरणमा विभिन्न समाजिक संस्थाहरूले सञ्चालन गरेको आश्रय स्थलहरूमा रहेका महिला बालबालिका ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको ब्लाईन्ड रक्सकि अध्यक्ष सृष्टि केसीले जानकारी गराएकी छन् ।

अभियान अन्तरगत आगामी दिनहरुमा कर्पोरेट हाउस देखि अन्य क्षेत्रहरूमा पनि अभियान सञ्चालन गर्ने उद्देश्यले रहेको ब्लाईन्ड रक्सकि संस्थापन सृष्टि केसीले बताएकी छन् ।

कोरोना महामारीको कारणले सबैको मानसिकतामा नकारात्मक प्रभाव पारेको र मानसिक रुपमा धेरैलाई असर परिरहेको बेला यो अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास लिएको केसीले बताइन्

अभियान अन्तरगत काठमाडौंमा अपांग सेवा केन्द्र, सुनौलो संसार ,छोरी ,क्याप नेपाल ,त्रिनेत्र फाउन्डेसन ,हायर ग्राउढड नेपाल लगायतका ८ स्थानमा कार्यक्रम सम्पन्न भएको छ ।

मानव बेचविखनबाट पुर्नस्थापित ,भुकम्पका कारण परिवार गुमाएका अनाथ बालबालिका ,दृष्टिविहीन तथा अपांगता भएका व्यक्ति नृत्यको माध्यमबाट उत्प्रेरणा जगाउने अभियानमा सहभागि भएको सञ्चारकर्मी शर्माले बताएकी छन् ।