प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ जारी

प्रतिनिधिसभा

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ। निरन्तर सुनुवाई शुरु भएपछि शुक्रवार १२ औं दिन पनि मुद्दामा सुनुवाई हुँदैछ।

शुक्रवार नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदै छ। गुरुङसँगै निवेदन दिएका अर्का सांसद एवं अधिवक्ता कृष्णभक्त पोखरेलले बिहीबार बहस गरेका थिए। उनको बहस सकिएको छ।

शुक्रवार कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सहित चारजनाले बहस गर्नेछन्। सर्वोच्च अदालतमा दर्ता भएको गुरुङ समूहको निवेदन आठौं हो।

आइतबारबाट अधिवक्ता किर्तिनाथ शर्मा पौडेल र अमिता गौतम पोखरेलको निवेदनमाथि सुनुवाइ शुरु हुनेछ।

संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर राष्ट्रपति र प्रधानमनत्रीले प्रतिनिधिसभा विघटन गरिएको भन्दै खारेजीको माग गरेर सर्वोच्चमा १३ वटा रिट दायर भएका छन्।

अन्य सम्बन्धित समाचार:  रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै